Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
Terai Report
Terai Report सोमबार, पुस २, २०८०

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकार नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले खानेपानी समस्याको निराकरणका लागि सङ्घीय सरकार यहाँहरूकै साथमा रही नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भौतिक एवम् मानवीय विकासका अन्य पक्षमा पनि सङ्घीय सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो ।

‘‘खासगरी काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवम् यसको वैज्ञानिक एवम् दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ ।’

फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवम् रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट रहेको प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधैँ साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।’’

प्रधानमन्त्री पुष्पकमल प्रचण्डले गर्नुभएको सम्बोधनको पूर्णपाठ
धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेष्ठ स्थानीय तहको रूपमा रहेको ललितपुर महानगरपालिकाले नगरपालिका स्थापनाको १०५ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरवासीहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू लगायत सम्बद्ध सबैमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

फोहोर सङ्कलन गर्ने अड्डाको रूपमा वि.सं. १९७५ मा छेमडोल अड्डाको नामबाट स्थापना भई आज महानगरपालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल यस महानगरपालिकाको आफ्नै गौरवपूर्ण इतिहास छ ।

वार्षिकोत्सवको यस सन्दर्भमा महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय कार्य गर्दै आएको कुरा उल्लेख गर्न सान्दर्भिक ठान्दछु ।

उज्यालो तथा हरियालीको प्रवर्द्धन गर्दै ‘‘स्मार्ट शहर’’ को रूपमा समेत परिचित यस नगरले गरेका विकासका प्रयासहरू सह्रानीय छन् । यी कार्यहरू राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसनीय रहेको मैले अनुभूति गरेको छु । यसका निम्तिसमेत सिङ्गो महानगर परिवारमा बधाइ ज्ञापन गर्दछु ।

खासगरी काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवम् यसको वैज्ञानिक एवम् दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ । त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ ।

फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवम् रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ । तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधैँ साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।

खानेपानी समस्याको निराकरणका लागि पनि सङ्घीय सरकार यहाँहरूकै साथमा रही नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिवद्ध छ । त्यस्तै भौतिक एवम् मानवीय विकासका अन्य पक्षमा पनि सङ्घीय सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने नै छ ।

त्यस्तै नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई अपनत्व लिँदै महानगरले आजदेखि शुभारम्भ गरी कार्यान्वयनमा ल्याएकोमा म ज्यादै हर्षित् छु । यस कार्यक्रम प्रभावकारी रूपमा सम्पूर्ण नगरवासीसम्म विस्तार हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

खासगरी सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलताका लागि आएका गुनासोहरूका उचित सम्बोधन गरिनेछ । सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका लागि प्रयास भइरहेकाले यो समस्याको सम्बोधन हुने कुरा पनि म तपाईहरूलाई विश्वास दिलाउँछु ।

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्दछ । समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी र जवाफदेहिता पूरा गर्न सफल भएकोमा म ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसहित सम्पूर्ण परिवारमा धन्यवाद व्यक्त गर्दछु ।

ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन वास्तवमा प्रशंसनीय छ । महानगरपालिकाभित्र पुनर्निर्माण भइरहेका अन्य मठमन्दिर, देवालय, शिवालय यसका ज्वलन्त उदाहरण हुन् । यसलाई पर्यटन प्रवर्द्धन गर्ने तथा संस्कृतिलाई आयआर्जनसँग जोड्ने कुरामा हामीले विशेष ध्यान दिनैपर्दछ । भाषा, कला, संस्कृति, भेषभुषा, खानपान लगायतका क्षेत्रमा हामीसँग जुन विविधता र वैभव छ, त्यसलाई नागरिकको जीवनमा सुधार ल्याउने प्रयोजनका निम्ति व्यवस्थापन र विकास गरेर मात्र हामीले विविधताको संरक्षण र प्रवर्द्धनसमेत गर्न सक्दछौं । यस विषयमा यहाँहरूले गम्भीरतापूर्वक सोच्नुभएकै होला भन्ने मैले विश्वास लिएको छु ।

पूर्वाधार निर्माण मात्रै विकास होइन, जनताको जीवनमा सुखको प्रत्याभूति गराउन सक्ने विकास मात्रै वास्तविक अर्थमा विकास हो । यस सन्दर्भमा ललितपुर महानगरपालिका अग्रणी भूमिकामा पनि छ, आगामी दिनमा समेत यसको निरन्तर विकासको अपेक्षा गर्दछु । 

ललितपुर महानगरपालिकाले एक परिपक्व, बौद्धिक, अनुभवी, मिलनसार र सिर्जनशील नेतृत्व प्राप्त गरेको छ । महानगरको विकासमा मेयर चिरीबाबु महर्जनले जसरी पहल लिँदै आउनुभएको छ, त्यो आफैमा महत्त्वपूर्ण छ । महानगरको विकासमा सबै विचार, भावना र समूहलाई संयोजन गरेर लैजाने उहाँको भूमिकाकै कारण हुनुपर्छ, नीति–कार्यक्रम र बजेट निर्माण र सबैजसो निर्णयमा महानगर विवादरहित ढङ्गले अगाडि बढिरहेको छ । यो आफैँमा खुसीको कुरा पनि हो ।

१०५ औं स्थापना दिवसको अवसरमा म ललितपुर महानगरपालिकाको नेतृत्व लगायत सम्पूर्णलाई समावेशी, समता र न्यायपूर्ण ढङ्गबाट आफ्ना गतिविधि र कार्यक्रमलाई अघि बढाउन थप उत्प्रेरणा र उर्जा प्राप्त होस् भन्ने कामना गर्दछु ।

अन्त्यमा, महानगरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता र एकता रहनेछ भन्ने अपेक्षाका साथ पूर्वाधार विकास, मानवीय विकास र सुशासनको प्रवर्द्धनमा महानगरका हरेक सकारात्मक प्रयासहरूमा नेपाल सरकारको साथ र सहयोग रहने विश्वास दिलाउँछु । र, फेरि एकपटक तपाईहरू सबैमा बधाइ तथा शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद । गोरखापत्र अनलाइन


प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्