Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रचण्ड नेतृत्वको सरकारलाई पर्साका प्रहरी प्रशासन बदनाम गराउदै, अभियान डिजिटलद्धारा करोडौंको ठगी, सञ्चालक मालामाल
प्रचण्ड नेतृत्वको सरकारलाई पर्साका प्रहरी प्रशासन बदनाम गराउदै, अभियान डिजिटलद्धारा करोडौंको ठगी, सञ्चालक मालामाल
Terai Report
Terai Report बुधबार, पुस १८, २०८०

वीरगंज । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड नामक व्यवसायिक फर्मले काठमाडौंमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने अनुमति लिए पनि पर्सा जिल्लामा करिब ८ हजार सदस्य बनाई महिनौ पिच्छे ११ सय ७५ को दरले रकम जम्मा गरी युट्युब मार्फत चिठा खोल्दै करोडौं करोड ठगी गरिरहेको भएपनि प्रहरी प्रशासनको ध्यान पुग्दा समेत रोक्नु र कारवाही गर्नुको सट्टा त्यसलाई बढावा दिईरहेको बुझिएको छ । बिगतमा सो ठगी धन्दा बारे दर्जनौं सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पनि पर्साका प्रहरी प्रशासनले कारवाहीको दायरामा नल्याउनुले सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । सोझासाझा जनतालाई सदस्य बनाई चिठा खेलाउदै गरेका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ता जस्ता नटवरलालहरुलाई कारवाहीको दायरामा नल्याएर लुटतंन्त्रलाई पर्सा प्रहरी प्रशासनले बढावा दिईरहेकोमा प्रचण्ड नेतृत्वको सरकारमा ठगी धन्दा नै हुन्छ ? भनि चियापसलहरुमा राजनितिक दलका नेताहरु प्रति प्रश्न गरिरहेका छन् । 

सो अभियान दोल्खा निवासी नटवरलाल विष्णु प्रसाद काफ्लेको नाममा दर्ता रहे पनि कमिशनवेसमा वीरगंज निवासी नटवरलालहरु दिपेश, सुशिल र ऋषिकान्तले हजारौं सोझासाझा जनतालाई ललिपप देखाउदै चिठा खोल्दै ठग्ने गरेका छन् ।

वीरगंज महानगरपालिका बसपार्क त्रिशुल चौक नजिकै कार्यालय खोली अडा जमाएर बसेका दिपेश वर्णवाल लगायतका ठगहरु आफ्ना ठगी धन्दाहरु “दिन दु गुना रात चौगुना” अगाडि बढाईरहेका छन् । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड काठमाडौंले उद्योग स्थापना गर्ने उदेश्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरी उदेश्य बिपरित नेपालको दर्जनौ ठाउंमा चिठ्ठा र किस्ताबन्दीको नाममा ठगी गरिरहेको पाईएको छ । 

abhiyan 11704298885.jpg

सो कम्पनीका संचालक दोलखा निवासी विष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १३ मा देखाए पनि उनी देशको दर्जनौ स्थान काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा, वीरगंज लगायतका ठाउंहरुमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड दिनदहाडै ठगी गरिरहेको पाईएको छ ।

वीरगंजमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क रु. ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरु ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताए । 

मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउंछ भने २४ औं किस्तासम्म चल्ने सो किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय जम्मा गर्ने लक्ष्य वीरगंज कार्यालयको रहेको सदस्यहरुले नै बताउन थालेका छन् । किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्फत काठमाडौंको गोप्य ठाउँमा चिठ्ठा खोल्ने गरेका छन् । 

मासिक पिच्छै चिठ्ठा किस्ताबन्दीको रुपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई लोभ्याउदै आएका छन् । दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले पर्सा, बारा र रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ७ हजार ९ सय ९९ जना सदस्यहरु बनाउन सफल भएको बताईन्छ । मुख्य सञ्चालक काफ्लेलाई केही हिस्सा दिई बाकी रकमहरुमा तीनै जना सञ्चालकहरु बाडफाड गर्ने गरेको सो कार्यक्रममा सहभागीहरुले नै बताउंदछन् । 

नटवरलालको नामले चर्चा कमाएका मुख्य सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड दर्ता गराउंदा उदेश्यमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि प्रहरी प्रशासनलाई मोटो रकम बुझाउदै देशको दर्जनौ ठाउंमा यस्तो ठगी धन्दा गर्ने गरेको स्रोतको भनाई रहेको छ । 

वीरगंज कार्यालयको अगाडि सदस्यहरुलाई झुक्याउन ईलेक्ट्रोनिक्सको पसल खोली आफ्नै काराखानाको उत्पादन हो भन्दै बजारको अन्य पसलबाट किनि सो ईलेक्ट्रोनिक्स सामानहरु राखिएको स्रोतले जनाएको छ । अभियानका सञ्चालकहरु मध्ये दिपेश वर्णवालको ईतिहास खोतल्दै जाँदा उनी जहिले पनि बिवादित र नेटवर्किङ्गको कार्यलाई निरन्तरता दिदै सोझासाझा जनतालाई ठग्दै आए पनि कानुनले उनलाई हालसम्म भरपर्दो कारवाही गर्न नसकेको जानिफकारहरु बताउदंछन् ।

चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ । त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।

received_16052712569496221704298885.jpeg

अभियानका सञ्चालकहरुले हामीले पर्सा प्रहरी प्रशासनलाई मोटो रकम खुवाई चिठा सञ्चालन गर्दै आएकोले कसैले केही गर्न नसक्ने भन्दै छाती चौडा गरेर हिडिरहेको उनीहरुको भनाईलाई उद्धृत गर्दै श्रोतले जनाएको छ । यस सन्दर्भमा पर्साका प्रहरी उपरिक्षक कोमल शाह सँग प्रतिक्रिया लिंदा उनले बिना अनुमतिको चिठा खेलाउन नमिल्ने बताउदै रकम नखाएको खण्डन गर्दै गल्ती गर्नेलाई कानुन अनुसार कारवाही हुने बताए । 

यसै सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल सँग पहिलाको सिडिओ साबलाई अभियानका सञ्चालकहरुले प्रभावमा पारी चिठा खोल्ने कार्यलाई निरन्नरता दिदै आएका छन् यहाँले पनि सो कार्यलाई निरन्तरता दिनु हुन्छ कि बन्द हुन्छ ? भनि जिज्ञासा राख्दा वहाँले कानुन विपरितका कुनै पनि कार्यलाई निरन्तरता दिनु हुदैन, के रहेको छ, म त्यो बुझछु भनि प्रतिक्रिया दिए ।


प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्