Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कृषि र कृषकको समस्या समाधानका लागि रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क 
कृषि र कृषकको समस्या समाधानका लागि रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क 
Terai Report
Terai Report सोमबार, माघ २२, २०८०

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले आर्थिक बर्ष २०८१÷८२ का लागि रुपान्तरणकारी परियोजनाहरु ल्याउँने तयारीमा जुटेको छ । नेपालको कृषि अनुसन्धानमा अग्रणी संस्थाको रुपमा स्थापित नार्कले मुलुकको कृषि क्षेत्रका केही ज्वलन्त समस्याहरुलाई सम्बोधन गरी समाधान गर्ने प्रविधि विकास गर्न बिभिन्न परियोजना निर्माण गर्दै अगामी आर्थिक बर्षदेखि लागू गर्ने आन्तरिक तयारीमा जुटेको छ । 

सरकारले निर्दिष्ट गरेको चैते धान लगायतका बालीहरुको क्षेत्र विस्तार गर्ने उद्देश्यमा सघाउ पुर्याउन गुणस्तरीय प्रजनन र मूल बीउ उत्पादनको वृहत् परियोजना लागू गरी वीउको माग पूरा गर्ने तयारी नार्कको रहेको छ । यसैगरि मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना पनि लागू गरी आत्मनिर्भर अभियान सघाउ पुर्याउने योजना नार्कको रहेको छ । 

सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउँने उदेश्यले नार्कले बृहत वीउ उत्पादन कार्यक्रम ल्याउँन लागेको हो । नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईका अनुसार अगामी बर्षहरुमा नार्कको बृहत् वीउ उत्पादन कार्यक्रमबाट खाद्यान्न र तरकारीको आयात न्यूनीकरणमा यसबाट सघाउ पुग्नेछ । 

सरकारको योजना, नीति तथा कार्यक्रम एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालको निर्देशन अनुसार नार्कले बाँझो एवं उपयोग नभएको जग्गालाई सदुपयोग गर्ने उद्देश्य अनुसार बाँझो जमिन सदुपयोग परियोजना लागु गर्ने तयारी नार्कको रहेको छ । यसका लागि पहिले नार्कका फार्म केन्द्रहरुका बाँझो जमिनको उपयोग र विस्तारै गाउँगाउँका बाँझा जग्गाको उपयोगको लागि उपयुक्त प्रविधिको विकास र विस्तारलाई सघन रुपमा लैजाने योजना छ । 

यसैगरी कागतीमा नेपाललाई आत्मनिर्भर बनाउँनका लागि नार्कले कागतीमा आत्मनिर्भर परियोजना अन्तर्गत नर्सरी व्यवस्थापन, जातीय विकास, गुणस्तरीय बेर्ना उत्पादन र नर्सरी सम्बन्धी तालीमका कार्यक्रम लागू गरिनेछ । तरकारी बालीमध्ये खेती गर्न सजिला तर ठूलो परिमाणमा आयात भइरहेका खुर्सानी, लसुन र प्याजमा प्रविधिको उत्पादन र विस्तारका लागि समेत नार्कले योजना निर्माण गर्दै कार्यान्वयन गर्ने तयारी गरेको छ । 

हाल कृषकस्तरमा व्यापकता लिइरहेका स्याउ, सुन्तला र ओखरको संघन खेती प्रविधि विकास र विस्तारमा पनि नार्कले योजनावद्ध ढंगले काम गर्ने बताइएको छ । धेरै उत्पादन र बिक्री हुने तरकारीहरु गोलभेंडा र काक्रोका बर्णशंकर वीउ उत्पादन प्रविधि मार्फत् गुणस्तरीय प्रजनन र मूल बीउको परिमाण बढाउने र माग पूरा गर्नेगरी नार्कले रुपान्तरणकारी परियोजना लागू गर्नेछ । 

पहाडी भेगमा यान्त्रीकरणको वृहत् अनुसन्धान परियोजना मार्फत् नार्कले पहाडका ससाना गराहरुमा उपयुक्त यान्त्रिक प्रविधिको विकास र विस्तारका कार्यक्रम लागू गर्नेछ । बंगुर, स्याउ र अलैंचीको क्षेत्रमा कृषि मन्त्रालय र मातहतका निकायसँगको सहकार्यमा अनुसन्धान र विकासका परियोजना सञ्चालन गर्ने यस्तो सहकार्य बोयर बाख्रा र पंगास माछाको क्षेत्रमा पनि गरिने जनाइएको छ ।

नार्कले हाल मुलुकमा विद्यमान जंगली जनावरबाट हुने वालीवस्तुको क्षति न्यूनीकरण गर्न उपयुक्त प्रविधिको विकास र विस्तारको लागि पनि रुपान्तरकारी योजना ल्याउँदैछ । विशेषगरि स्थान विशेषमा रहेका बाँदर, बँदेल, निलगाई, सुगा, काग, जुरेली जस्ता जनावरबाट हुने क्षति रोक्न उपयुक्त यन्त्र र प्रविधि विकास गरिनेछ । 

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायका अनुसार यी रुपान्तरणकारी परियोजनाले मुलुकका कृषि क्षेत्रमा देखा परेका मुख्य समस्याहरुको निराकरण गर्न उल्लेख्य मद्दत गर्नेछन् । डा. उपाध्यायका अनुसार नार्कले अगामी आर्थिक बर्षमा सरकारको सहयोगमा किसानसँग वैज्ञानिकको अवधारणा अनुरुप किसानलाई प्रविधि सिकाउन आवासीय तालिमको लागि किसान गेष्ट हाउस, दिनरात समय दिनुपर्ने वैज्ञानिक र अनुसन्धानकर्ताहरुको लागि कर्मचारी आवास गृह, डिजिटल सूचना प्रविधिले युक्त र सुविधा सम्पन्न तालीमहलको समेत व्यवस्था भएको कृषि प्रविधि सूचना भवनको निर्माण जस्ता पूर्वाधार विकासका योजना समेत ल्याउँदैछ । यसैगरि खुमलटारमा खुमल कम्प्लेक्सको वृहत् सुधार तथा सौन्दर्यकरण परियोजना, प्रस्तावित नार्क सेवा आयोग (हालको पदपूर्ति समिति) को भवन, ठूलो अडिटोरियम र क्याफेटेरियाको निर्माण पनि गरिने कुरा डा.उपाध्यायले बताए ।


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्