Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ भारतमा पक्राउ
नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ भारतमा पक्राउ
Terai Report
Terai Report बुधबार, वैशाख १२, २०८१

धनगढी : नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ लाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ। मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ।

पलिया थानाका ईञ्चार्ज विवेककुमार उपाध्यायको नेतृत्वमा, उपनिरीक्षक तथा पलिया कस्बा प्रभारी उदयबीर यादव, कबच सर्विलेन्स सेलका उपनिरीक्षक प्रसान्त श्रीवास्तव, जवानहरु ललित कुमार, परिक्षीत सैनी, संदीप चौधरी र पवन यादब सहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

nullदुबैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन्। ईविगुल डटकमले विक्की नेपाली भनिने विक्की गुप्तासहितका सीमापारीका कारोबारीहरुको तस्बिरसहित पुस २४ गते रिपोर्ट प्रकाशित गरेको थियो। 

कैलाली प्रहरीले पनि दुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको जनाएको छ। ‘दुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। हामीले भारतको निर्वाचन केन्द्रित दुई देशका अधिकारीहरुको बैठकमा यो कुरा प्राथमिकताका साथ उठाएका थियौं, भारतीय समकक्षीहरु एक्सनमा गएछन्, राम्रो काम गरे’, कैलालीका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने।

विक्की नेपाली भनिने विक्की गुप्ता लामो समयदेखि धनगढीमा बसेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए। उनले कैलाली कारागारमा ब्राउन सुगरको ‘रकेट’ चलाएको खुलेपछि उनको नेपाल प्रहरीले खोजी गरेको थियो। 

उनले कारागारमा रहेका कैदीबन्दीका आफन्तहरुसँग चिनजान गरेर खाना पुगाउन जाने बेला खानाभित्र ब्राउनसुगर पठाएर कारोबार गरिरहेका थिए। २०८० सालको असारको महिना धनगढीकी कमला देवी अवस्थीको साथबाट बरामद भएको ब्राउन सुगर यिनै विक्की गुप्ताले विस्कुटभित्त्र पठाएको खुलेको थियो। 

कमला, ब्राउन सुगरकै कारोबारमा पक्राउ परेका छोरा र बुहारीलाई खाना पुर्‍याउन कैलाली कारागार जाने बेला गेटमा चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको थियो। 

उक्त ब्राउन सुगर पनि विक्की नेपाली भनिने विक्की गुप्ताले पठाएको खुलेको थियो। प्रहरीले त्यही दिनदेखि नै उनको खोजी सुरु गरेको थियो। लामो समयसम्म नेपालमै बसेर कारोबार गरिरहेका गुप्ता नेपाल प्रहरीले खोज्न थालेपछि उनी भारतको पलियामा डेरा गरी बस्दै आएका थिए।

अंकित माल्याको नाम नै भारतमा ‘ड्रग्स किंग’ हो। उनी पलियामा बसेर नेपालका लागि ब्राउन सुगरको कारोबार गर्ने ब्यक्ति हुन्। नेपालका कञ्चनपुर, कैलाली, बाँके र बर्दिया जिल्ला आसपासमा ब्राउनसुगरको कारोबार गर्ने नेपालीहरु उसकोबाट लागुदार्थ किन्ने गर्छन्। उनलाई, नेपाल प्रहरीको लागुपदार्थ ब्युरोले लाखौंको कारोबार गर्ने भनेर नेपाल बोलाउन चाहे पनि उनी नेपाल नआएका व्यक्ति हुन्। 

नेपालमा ब्राउन सुगरको कारोबारमा पक्राउ परेर अहिले जेलमा रहेका अधिकांश ब्यक्तिको बयानमा पनि अंकितले दिएको उल्लेख छ। भारतीय प्रहरीले उनीहरुलाई भारतको एनडिपिएस एक्टको धारा १६९ अनुसार मुद्धा चलाउने जनाएको छ। 
नेपाल भारतको सीमा बैठकका बेला, विक्कीसहितका दर्जनभन्दा बढी सीमापारी ब्राउन सुगरको कारोबारीहरुको तस्बिर, फोन नम्बर सहितको विस्तृत विवरण नेपाल प्रहरीले भारतीय प्रहरीलाई बुझाएको थियो।  साभार : अन्नपुर्ण पोष्ट


प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्