Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगञ्जका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित
वीरगञ्जका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित
Terai Report
Terai Report शुक्रबार, वैशाख २, २०७९

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको रोजाइ बन्दै गएका छ । मधेस प्रदेशको एकमात्र महानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै  यस्ता विद्यालयको शैक्षिक  गुणस्तर माथि उठेको हो ।  पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण त वढेको छ नै अभिभावकको समेत पहिलो रोजाइ बन्दै गएको छ  । 

विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको जनाइएको छ  । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठेको दाबी गर्नुभयो ।   महानगरपालिकाका ३२  वडामा  ९० वटा समुदायिक र १८८ वटा संस्थागत विद्यालय सञ्चालित रहेका छ भने समुदायिक विद्यालयमा हाल ४१ हजार ९६४ र संस्थागतमा ३४ हजार ९२४ जना विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय तहमा आफू निर्वाचित भई आएपछि खस्किँदो अवस्थामा रहेको सामुदायिक विद्यलायको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि धेरै प्रयास गरेको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो“ विद्यलाय भवन,  छात्रछात्राका लागि छुट्टछुट्टै शौचालय, शुद्ध खानेपानी, कम्युटर  प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला,  सेतो बोर्डको व्यवस्थादेखि डिजिटल मध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ । ”

उहाँले शिक्षकलाई विद्यालयमा नियमित बनाउन डिजिटल हाजिरी, कक्षा सञ्चालन भए नभएको महानगरपालिकाबाट निगरानी गर्न सबै विद्यलायमा सिसी टिभी जडान, कक्षा १ देखि ३ सम्म सबै विद्यालयमा अनिवार्यरुपमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ र आठ विद्यालयमा कक्षा ६ देखि १२ सम्म अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरिएको जानकारी दिनुभयो । 
 

महानगरपालिकाभित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा पुस्तकालय, इ–लाइब्रेरी, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोशाला,  खानेपानी, निःशुल्क सेनेटरी प्याड, आवश्यक कक्षा कोठासहित खेल मैदानको व्यस्थापनमा महानगरपालिकाले काम गर्दै आएको महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चिल राज पाण्डेले दिनुभयो ।

संस्थागत विद्यालय छाडी सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या धेरै भएपछि वीरगञ्जको श्रीनृसिंह माध्यमिक विद्यालय र त्रीजुद्ध महावीरप्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयले सूचना टाँस गरी थप विद्यार्थी अध्ययन गराउन नसकिने जनाएको छ  । 

सामुदायिक विद्यालयमा रहेका दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा, अनुशासन र स्थानीय तहले आवश्यक सबै पूर्वाधार निर्माण गरेपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आर्कषण बढ्दै गएको त्रिजुद्ध माविका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मीले बताउनुभयो । उहाँले केही वर्ष अगाडि एक हजार ५०० को हराहारीमा विद्यार्थी सङ्ख्या रहेको सो विद्यालयमा विद्यार्थीको सङ्ख्या हाल तीन हजार ४७० पुगेपछि बाध्य भएर थप विद्यार्थीलाई अध्ययन गराउन नसकिएको प्रअ कुर्मी बताउनुभयो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार २०७६ सालमा सामुदायिक विद्यालयतर्फ ३६ हजार ३२९ र संस्थागत विद्यालयतर्फ ३० हजार ६०० विद्यार्थी भर्ना रहेका थिए भने २०७८ सालमा आएर उक्त सङ्ख्या सामुदायिकतर्फ ४१ हजार ९६४ र संस्थागततर्फ ३४ हजार ९२४ तथ्याङ्क रहेको देखिन्छ । 

महानगरपालिकाभित्र रहेको एकमात्र कन्या (छात्रा) विद्यालयको जीर्ण भइसकेको भवनलाई महानगरपालिकाले मर्मतसम्भार गराई रंग रोग गराएपछि शिक्षण सिकाइमा राम्रो प्रभाव परेको सुन्दरमल रामकुमार कन्या विद्यालयकी प्रधानाध्यापक अनिता साहले जानकारी दिनुभयो । 

उहाँले पहिले कन्या (छात्रा)का लागि मात्र विद्यालय भए पनि पुरुष शिक्षकसमेतले अध्ययन अध्यापन गराउँदै आएकामा पछिल्लो समय विद्यालयलाई पूर्णरुपले महिला शिक्षकले नै सञ्चालन गरेपछि छात्राको पठनपाठनमा थप सहजता भएको बताउनुभयो ।  

पछिल्लो समय  महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा राम्रो सुधार भएको नागरिक समाजका अगुवा एवं अधिवक्ता पन्नालाल गुप्ताले जानकारी दिनुभयो । 

उहाँले वीरगञ्जको त्रिजुद्ध मावि, माइस्थान विद्यापिठ, श्रीनृसिंह मावि, सिद्धार्थ माविलगायतका धेरै विद्यालयको शिक्षाको गुणस्तरमा सुधार भएपछि गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा पाएको बताउनुभयो ।
      
सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन महानगरपालिकाले पछिल्लो चार वर्षमा रु २१ करोड रुपैयाँभन्दा बढीको आर्थिक लगानी गरेको जनाएको छ । महानगरपालिकाले विद्यालयमा कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, लाइब्रेरी, इलाइब्रेरी, सिसिटिभी, शुद्ध खानेपानीलगायतमा पूर्वाधारको विकासमा पछिलो चार वर्षमा रु २१ करोड ५९ लाख १२ हजार खर्च गरेको वीरगञ्ज महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाका प्रमुख राजेश चौरसियाले जानकारी दिनुभयो । 

उहाँले आर्थिक वर्ष २०७५/०७६ मा रु पाँच करोड ५१ लाख, २०७६/०७७ मा रु चार करोड २४ लाख, २०७७/०७८ मा रु पाँच करोड ४७ लाख र आर्थिक वर्ष २०७८÷०७९ मा हालसम्म रु छ करोड ३६ लाखभन्दा बढी रकम खर्च गरिसकेको जानकारी दिनुभयो ।

महानगरपालिकाले विषेश प्रकृतिका बालबालिकाका लागि छुट्टै कक्षा तथा विद्यालयको व्यवस्था गरेको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । उहाँले बोल्न र सुन्न नसकिने बालबालिकाका लागि वीरगञ्जको श्रीपुरमा र सुस्त मनस्थिति रहेका बालबालिकाका लागि चिनीमिल आवास क्षेत्रमा रहेको सिद्धार्थ माविमा छुट्टाछुट्टै विद्यालय निर्माण सञ्चालन गरिएको छ भने आँखा देख्न नसक्ने दृष्टिहीन बालबालिकाका लागि त्रिजुद्ध माविमा आवासीय कक्षा सञ्चालन गरेको बताउनुभयो । 

विद्यालयको गुणस्तरमा देखिएको विकाससँगै महानगरपालिकाले प्रौढ शिक्षालाई समेत महत्व दिएका कारण आगामी असार मसान्त महिनाभित्रमा महानगरपालिकालाई पूर्ण साक्षर महानगरपालिका घोषणा गर्नै तयारीमा रहेको उहाँकोे भनाइ छ ।

सामुदायिक विद्यालयमा देखिएको गुणस्तरलाई कायम राख्न महानगरपालिकाका लागि चुनौती बनेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार तथा शैक्षिक सामग्रीको प्रबन्ध राम्रो गरे पनि शिक्षकको कम सङ्ख्याका कारण गुणस्तरलाई कायम राख्न चुनौती बनेको हो ।
        
विद्यालयमा छात्रछात्रालाई अध्ययन अध्यापन गराउन शिक्षकको सङ्ख्या पर्याप्त नभएपछि विद्यालयले आन्तरिक स्रोतबाट शिक्षक नियुक्त गरी अध्ययन अध्यापन सञ्चालन गरिरहेका छन् । तीन हजार ४७० जना विद्यार्थी रहेको त्रिजुद्ध माविमा मात्र ३२ शिक्षक उपलब्ध गराएको कारण थप शिक्षक आन्तरकि स्रोतबाट राख्दा महिनामा रु नौ लाख खर्चिनु परेको प्रअ  कुर्मीले जानकारी दिनुभयो । 

उहाँले  सरकारले निर्धारण गरको शैक्षिक मापदण्डभन्दा अधिक कम शिक्षक महानगरपालिकाले उपलब्ध गराएकाले पठनपाठनलाई सञ्चालन राखिराख्न बाहिरबाट ३३  शिक्षक राखिएको यसका लागि मासिक रु नौ लाखभन्दा बढी रकम विद्यालयले आप्mनो आन्तरिक स्रोतबाट खर्चिनु परिरहेको बताउनुभयो ।
       
विद्यालयमा विद्यार्थीको सङ्ख्या थपिँदै गए पनि कक्षाकोठा नथपिएका कारणसमेत ठूलो समस्या खप्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँले विद्यालयलाई तीन सिफ्टा सञ्चालन गर्दासमेत एउटाएउटा कक्षाकोठामा ९० जनासम्म विद्यार्थी राखी पठाउन बाध्य भएको बताउनुभयो । 

महानगरपालिकामा रहेको ९०  सामुदायिक विद्यालयमा हाल बाल विकासतर्फ १६८, साधारणतर्फ ५७१ र राहततर्फ १७७ जना शिक्षक कार्यरत  छन् । विद्यालयमा देखिएको कक्षाकोठाको समस्या र शिक्षक अभावका विषयमा नगर प्रमुख सरावगले उहाँले दुई वर्ष अगाडि  सरकारले २९९ शिक्षकको दरबन्दी थपिएको चिठ्ठी उपलब्ध गराए पनि बजेटको अख्तियारी हालसम्म नपठाएका कारण समस्या भइरहेको बताउनुभयो ।  

उहाँले  सरकारले कायम गरेको दरबन्दीको बजेट अख्तियारी पठाएपछि समस्या समाधान हुने जानकारी दिनुभयो । बाल विकासमा कार्यरत शिक्षकको तलब वृद्धि  सरकारले गरे पनि त्यसको रकम नपाएका कारण रु चार करोडको अतिरिक्त आर्थिक भार महानगरपालिका माथि परिरहेको जानकारी दिँदै नगर प्रमुख सरावगीले देखाएको कक्षाकोठा अभावलाई सम्बोधन गर्न नेपाल सरकारसँग बजेट माग गरिएको बताउनुभयो । सञ्चालित सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयमा रुपान्तरण  गर्न महानगरपालिकाको योजना रहेको जनाइएको छ  । (रासस)


प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २३:१५
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्