Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
विदेश
  • Home
  • विदेश
  • युक्रेन-रुस युद्ध: किएभलाई हतियार नदिन रुसद्वारा पश्चिमा विश्वलाई चेतावनी
युक्रेन-रुस युद्ध: किएभलाई हतियार नदिन रुसद्वारा पश्चिमा विश्वलाई चेतावनी
Terai Report
Terai Report शनिबार, वैशाख ३, २०७९
बख्तरबन्द सवारीसाधनमा रुस समर्थक फौजहरू

रुसले औपचारिक रूपमा संयुक्त राज्य अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ।

उक्त चेतावनी मस्कोले एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको छ जसको प्रतिलिपिलाई अमेरिकी सञ्चारमाध्यमहरूले परीक्षण गरेका छन्।

दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो।

त्यसमा अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले "भविष्यवाणी गर्न नसकिने परिणाम" निम्त्याउन सक्ने बताइएको छ।

  • क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो, रुसी सेनाको प्रतिष्ठामा ‘ठूलो धक्का’
  • 'रुसी तेलका लागि तिरिएको रकम रक्तरञ्जित’: जेलेन्स्की

चेतावनी

युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बिहीवार बाहिर आउन थालेपछि उक्त नोट पठाइएको थियो।

त्यसको केही घण्टापछि अमेरिकी राष्ट्रपति बाइडनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गरेका थिए जसमा पहिलो पटक लामो दूरीमा पनि निशाना लगाउनसक्ने होविटजर्सजस्ता हतियार थिए।

पछिल्लो सैन्य सहायताको प्याकेजमा हतियारहरू, ड्रोन, बख्तरबन्द गाडीहरू र हेलिकोप्टरहरू पनि छन्।

त्यसलाई युक्रेनको सामर्थ्यलाई त्यहाँ देखिएका रुसी सैन्य क्षमतासँग बराबरी गर्ने कदमका रूपमा लिइएको थियो।

रुस युक्रेन

तस्बिर स्रोत,GETTY IMAGES

एक जना वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गरिए अनुसार उक्त चेतावनीलाई अमेरिका र नेटोद्वारा युक्रेनमा उपलब्ध गराइएको सैन्य सहयोग प्रभावकारी बनिरहेको मस्कोको चिन्ताका रूपमा हेरिनुपर्छ।

अमेरिकाले उपलब्ध गराउने भनेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्नेछ।

रुसले हाल युक्रेनको पूर्वी भेगमा आफ्नो कारबाहीलाई केन्द्रित गरेको छ र केही दिन डोनबास क्षेत्रमा लडाइँ चर्कने ठानिएको छ।

युद्ध सुरु भएयता अमेरिकाले तीन अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई उपलब्ध गराएको छ।

युरोपेली देशहरूले पनि युक्रेनलाई शक्तिशाली किसिमका हतियारहरू उपलब्ध गराउँदै आएका छन्।

जेलेन्स्की

तस्बिर स्रोत,CNN

सम्भावित परमाणु हमला हुनसक्ने जेलेन्स्कीको चेतावनी

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि परमाणु अस्त्रबाट आक्रमण गर्ने सम्भावनातर्फ विश्व तयार हुनुपर्ने बताएका छन्।

अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तरवार्तामा जेलेन्स्कीलाई रुसले रणनीतिक परमाणु अस्त्र आक्रमणमा प्रयोग गर्नसक्ने अमेरिकी गुप्तचर निकायका निर्देशकको हालको चिन्ताबारे प्रश्न सोधिएको थियो।

उनले भने, "म मात्रै होइन, सबै विश्व र सबै देशहरू चिन्तित हुनुपर्छ किनभने यो वास्तविक सूचना मात्रै नभएर वास्तविकता नै पनि हुन सक्छ।"

"हामी डराएर हुँदैन भन्ने सोच्नुपर्छ तर हामी तयार रहनुपर्छ। यो युक्रेनको प्रश्न होइन र युक्रेन मात्रैका लागि प्रश्न होइन। यो सम्पूर्ण विश्वका लागि प्रश्न हो भन्ने मलाई लाग्छ।"

  • पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिन के चाहन्छन्?

उनलाई रुसको प्रतिष्ठित नौसैनिक पानीजहाज मस्कोभा डुबेकोबारे पनि सोधिएको थियो। त्यसमाथि दुईवटा युक्रेनी क्षेप्यास्त्रबाट हमला गरिएको विवरणबारे उनले प्रस्ट बोलेनन्।

उनले भने, "हामीलाई थाह छ अब त्यो अस्तित्वमा छैन। हाम्रो लागि त्यो हाम्रो देशविरुद्ध एउटा बलियो अस्त्र थियो त्यही भएर त्यो डुब्नुमा हामी दुखी छैनौँ।"

"हामीलाई आक्रमण गरेको रुससँग जति कम अस्त्र हुन्छ, हाम्रो लागि त्यति नै राम्रो हो।"

गैरसैनिक क्षति

यसैबीच युक्रेनी प्रहरीले हालै रुसी अतिक्रमणबाट मुक्त भएका किएभको उत्तर-पश्चिममा रहेका नगरहरूबाट ९०० गैरसैनिकका शव फेला परेको जनाएको छ।

त्यसमध्ये ३५० बुचा नगरमा मात्रै फेला परेका थिए।

  • के युक्रेन आक्रमणका लागि पुटिनलाई सजाय हुनसक्छ
  • युक्रेनी आमाको वेदना: मैरै सामु छोरी मारिइन्, मलाई बन्दी बनाइयो

क्षेत्रीय प्रहरी प्रमुख एन्ड्री नेभीटोभले उनीहरूमध्ये लगभग सबैलाई रुसी सैनिकले गोली हानी मारिदिएको बताए।

कतिपयलाई सामूहिक रूपमा गाडिएको थियो अरूको शव चोकका विभिन्न ठाउँमा फेला परका थिए।

फरेन्सिक अनुसन्धानकर्ताहरूले मृतकको पहिचान खुलाउन र सम्भावित युद्ध अपराधको प्रमाण जुटाउन काम गरिरहेका छन्।

किएभलाई घेराबन्दी गर्ने रुसको क्रूर तर असफल प्रयासअन्तर्गत बुचा र अरू नगरहरू कब्जामा लिइएका थिए। बीबीसी नेपालीबाट सभार।


प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
20 20
थप विदेश
भारतमा डाक्टरहरुको अक्षर सुधार गर्न अदालतको आदेश
भारतमा डाक्टरहरुको अक्षर सुधार गर्न अदालतको आदेश शुक्रबार, असोज १७, २०८२
चिनियाँ राष्ट्रपति सीको सन्देश- ‘इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण’
चिनियाँ राष्ट्रपति सीको सन्देश- ‘इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण’ बुधबार, भदौ १८, २०८२
बिहारमा अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु
बिहारमा अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु शनिबार, साउन ११, २०८२
युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण
युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण शनिबार, वैशाख २७, २०८२
भारतका कृषिमन्त्री काठमाडाैंमा
भारतका कृषिमन्त्री काठमाडाैंमा मंगलबार, चैत २६, २०८१
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर सोमबार, चैत २५, २०८१
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु आइतबार, फागुन ४, २०८१
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्