Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेस प्रदेश: ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक
मधेस प्रदेश: ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक
Terai Report
Terai Report शनिबार, असार १, २०८१

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ ।

मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार (३६.४५ प्रतिशत) तथा पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५ प्रतिशत) रहेको छ। यो बजेट चालु आवको तुलनामा ०.५० प्रतिशतले घटी हो।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री साहले जानकारी दिए। प्रस्तुत बजेटमा स्थानीय तहसँग समन्वय गरी मधेस प्रदेशका एक सय ३६ वटै स्थानीय तहमा पशु नश्ल केन्द्र स्थापना र सञ्चालन गर्न रु पाँच करोड २८ लाख रकम विनियोजन गरिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फ रु दुई अर्ब ७९ करोड १९ लाख विनियोजन गरिएको छ। वन तथा वातावरण मन्त्रालयतर्फ रु दुई अर्ब ४२ करोड ४० लाख २५ हजार विनियोजन गरिएको छ। लघु, घरेलु, साना मझौला उद्यम व्यवसायमार्फत आन्तरिक स्वरोजगार प्रवर्द्धन गर्न प्रदेश सरकारले मधेस स्टार्टअप र नवप्रवर्द्धन केन्द्रका लागि रु १५ करोड विनियोजन गरिएको छ। १० हजार नागरिकका लागि प्रदेश सरकारले बजार माग तथा आवश्यकतामा आधारित रहेर विभिन्न प्रकारका सीप विकास तालिम प्रदान गर्नेछ।

श्रम तथा यातायात मन्त्रालयतर्फ रु ९९ करोड ९७ लाख ४८ हजार विनियोजना गरिएको छ। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ रु दुई अर्ब ९८ करोड ५८ लाख २२ हजार विनियोजन गरिएको छ। विसं २०८२ लाई ‘घुमौँ मधेस, बुझौँ मधेस’ मूल नाराका साथ मनाइने मधेस पर्यटन वर्षको पूर्वतयारीका लागि आवश्यक रकम विनियोजन गरिएको छ। शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ रु दुई अर्ब ९० करोड ५१ लाख ७६ हजार विनियोजन गरिएको छ।

प्रदेश निर्वाचन क्षेत्रका ३९ सम्बन्धन प्राप्त सामुदायिक प्राविधिक धार सञ्चालन भएका विद्यालयलाई सहयोग गर्न रु तीन करोड ९० लाख, प्रत्येक जिल्लामा एउटा सामुदायिक सिकाई केन्द्रलाई प्रविधियुक्त पुस्तकालयको रुपमा विकास गर्न रु दुई करोड, प्रदेशका आठवटै जिल्लाको संसदीय निर्वाचन क्षेत्रमा एक÷एक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न भौतिक पूर्वाधार तथा क्षमता विकास गर्न रु १६ करोड बजेट विनियोजन गरिएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयतर्फ रु ७७ करोड ५७ लाख चार हजार विनियोजन गरिएको छ। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयतर्फ रु पाँच अर्ब १७ करोड ९६ लाख ४२ हजार विनियोजन गरिएको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ रु एक अर्ब ९५ करोड ८३ लाख ५० हजार विनियोजन गरिएको छ।

मधेस प्रदेशभित्र बसोबास गरेका भूमिहिन, विपन्न, सिमान्तकृत वर्गलाई मुख्यमन्त्री आवास सुरक्षा योजनामार्फत प्राकृतिक रुपमा हुने विपद् जोखिम विरुद्धको कार्यक्रमका लागि रु तीन करोड विनियोजन गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार विनियोजन गरिएको छ। मुख्यमन्त्री जनधन सुरक्षा कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ रु पाँच अर्ब २१ करोड ६५ लाख ६ हजार विनियोजन गरिएको छ। सबै पालिकालाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार रु एक अर्ब १८ करोड आठ लाख ४० हजार प्रदान गरिने छ। स्थानीय तह आफैँले आयोजना छनौट गर्ने गरी मधेसको सुक्खाग्रस्त समस्याको सम्बोधन गर्न महानगरलाई रु एक करोड ७५ लाख, उपमहानगरपालिकालाई रु एक करोड २५ लाख, नगरपालिकालाई रु ९५ लाख र गाउँपालिकालाई रु ८० लाखको दरले जम्मा रु एक अर्ब २१ करोड ७५ लाख अनुदान प्रदान गरिने छ।

प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले आफूले प्रस्तुत गरेको बजेटको कार्यान्वयनबाट उपलब्ध स्रोतसाधनको अधिकतम तथा फराकिलो आर्थिक वृद्धि हुने अपेक्षा गरेको बताए।


प्रकाशित मिति: शनिबार, असार १, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो बुधबार, कात्तिक ११, २०८३
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली आइतबार, कात्तिक १, २०८३
तातोपानी नाका तीन दिन खुल्ने
तातोपानी नाका तीन दिन खुल्ने आइतबार, कात्तिक १, २०८३
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत शनिबार, असोज ३१, २०८३
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा शनिबार, असोज ३१, २०८३
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य शनिबार, असोज ३१, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्