Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगन्जमा ५० बिघा धानखेत डुबानमा
वीरगन्जमा ५० बिघा धानखेत डुबानमा
Terai Report
Terai Report बिहीबार, कात्तिक १, २०८१

वीरगन्ज ।  दुई दिनसम्म परेको अविरल वर्षाले वीरगन्ज महानगरपालिकाका ३ वडाका करिब ५० बिघा धान खेत ढुबानमा परेको छ । गत असोज ११ र १२ मा परेको वर्षाले १९ दिनसम्म निकास नपाउँदा धानबाली नष्ट हुने अवस्थामा पुगेको हो । 

लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्धसमेत फैलिएको छ । लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी र इन्सेफ्लाइटिस रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।

विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास नपाएको हो ।

तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकबाट हुने गरेको थियो । पहिलेदेखि बर्खाको पानी सो स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता हरपतगन्ज र बहुअरी अहिलेसम्म डुबानमुक्त हुन सकेको छैन ।

असोज १८ मा जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, साझ अलौँवासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पर्ने भन्दै ह्युमपाइप पुरिदिएका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो । अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुर्व्यहार गरेपछि कुटाकुटसमेत भएको थियो ।

तीन वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ मा मेयर राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो । ‘डुबानमा परेको धान खेतको पानी कसरी निकास दिन सकिन्छ भनेर प्राविधिकसहितको टोली लिएर जाँदा ममाथि दुर्व्यहार भयो,’ मेयर सिंहले भने, ‘त्यही दिन निकास खोल्ने योजना भएको भए महानगरको डोजर लिएर गइन्थ्यो, निरीक्षण गर्दा दुर्व्यवहार भयो ।’ उनका अनुसार निरीक्षणका क्रममा अलौँ निवासी शिवओम लामिछानेले दुर्व्यहार गरेका थिए । लामिछानेले मेयरले दुर्व्यहार गरेको आरोप लगाएका छन् । विवाद बढेपछि लामिछानेका छोरा सुदर्शन लामिछानेको टाउकोमा चोट लागेको थियो । मेयरले दुर्व्यवहार गरेको भन्दै कांग्रेस नेता समेत रहेका लामिछानेका समर्थक धर्नामा बसेका थिए । मेयरले माफी मागेपछि धर्ना स्थगित भएको थियो ।

बहुअरी निवासी मनिस द्विवेदीका अनुसार १९ दिन बित्दा पनि खेतको पानीले निकास पाएको छैन । कतिपय स्थानीयको घरमा पसेको पानी सुकिसकेको छैन । पानी जमेर गाईबस्तु राख्ने ठाउँसमेत छैन । गाईबस्तुले खाने परालसमेत भिजेको उनले जनाए । ‘वडा नम्बर २४ को पानी २४ मै रहोस्, हाम्रो वडामा नआओस्, यस्तो कुरा गरेर समस्या समाधान कसरी हुन्छ ?,’ उनले भने, ‘पानीले निकास नपाउँदा हुने क्षतिको भर्पाइ कसले दिन्छ ?’

डुबानलाई व्यक्तिगत झगडातर्फ मोडेर निकासको समस्यालाई ओझेलमा पार्ने काम भएको उनको आरोप छ । यसअघि निकास हुने ह्युमपाइप निकालेर रातारात बाटो पिच गरिएको उनले खुलाए । नहर क्यानल पुरेर घरसमेत निर्माण गरिएको द्विवेदीको आरोप छ । पानीको निकासका लागि बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, मेयर सिंह र सुरक्षाकर्मी लगायतको टोलीले निरीक्षण गरेको छ । प्रजिअ भुसालले पानी तत्काल निकासका लागि निर्देशन दिएको बताए ।

‘पानी निकासका लागि आजै तीनवटा डोजर प्रयोग गरिनेछ,’ उनले भने, ‘प्राविधिकले दिएको निर्देशनमा जहाँ जहाँबाट खोलेर डुबानको पानी तिलावे खोलामा जान्छ, त्यहाँ वडाध्यक्षहरू मिलेर निकास दिनेछन्, प्रशासनले सुरक्षा व्यवस्था उपलब्ध गराउँछ ।’ लामो समयदेखि जमेको पानीका कारण डेंगी र इन्सेफ्लाइटिस फैलिने सम्भावना रहेको प्रजिअले बताए । ‘१/२ जनाको असहमतिमा समुदायलाई नै असर गर्ने काम त गर्नु भएन नि,’ उनले भने । इकान्तिपुर


प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्