Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ७ सय ११ किलो गाँजा बरामद
७ सय ११ किलो गाँजा बरामद
Terai Report
Terai Report शनिबार, माघ २६, २०८१

राजविराज । शनिबार बिहान डेढ बजेको समयमा सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका-३ हुलाकी राजमार्गमा रहेको बिहुल पुलभन्दा एक सय मिटर पूर्व दुई वटा स्कर्पियो लागिरहेको अवस्थामा नियमित गस्तीमा रहेको प्रहरी सहायक निरीक्षक हेमन्तकुमार तामाङको नेतृत्वको प्रहरी टोलीले सोधिखोजी गर्‍यो ।

प्रहरीको गस्ती टोली घेरा हाल्न थालेपछि एउटा स्कर्पियोमा चढेर दुवै स्कर्पियोका चालकसहित अन्य प्रहरीको अगाडिबाट भागे । 

जसलाई पाँच जना हतियारसहित रहेका प्रहरीले रोक्न सकेन । एउटा स्कर्पियो भागेपछि प्रहरीले घटनास्थलमा रहेको अर्को स्कर्पियरोमा लोड गरिएको र छेउमा झारिएको ३० वटा पोका जाँच गर्‍यो । प्रहरीले ७ सय ११ किलो लागूऔषध गाँजा नियन्त्रणमा लियो । प्रहरीले घटनास्थलमै रहेको प्रदेश १–०२–००२ च ५८३४ नम्बरको गाँजा लोड रहेको स्कर्पियो पनि नियन्त्रणमा लियो ।

शनिबार बिहान प्रहरीले गाँजा नियन्त्रणमा लिएको स्थानबाट ३ सय मिटर पश्चिम बलानबिहुल गाउँपालिका-१ कमलदाहास्थित एक जनाको परालको टालबाट गत पुस २७ गते ६ सय ७० किलो गाँजा बेबारिसे अवस्थामा फेला पारेको थियो । 

गत मंसिर ४ गते प्रहरीले राजगढ गाउँपालिका-४ बाट टिपर र चालकसहित १७ सय १७ किलो गाँजा नियन्त्रणमा लियो । शनिबारसमेत पछिल्लो केही महिनामा प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिए पनि प्रहरीले कारोबारी वा तस्करीमा संलग्न रहेकाहरूलाई भने पक्राउ गर्न सकेकव छैन । शनिबार बिहानै पनि गाँजा नियन्त्रणमा लिँदै गर्दा प्रहरी टोलीलाई चुनौती दिँदै संलग्नहरू एउटा स्कर्पियो छोडेर अर्को स्कर्पियोमा चढी भाग्न सफल भयो । प्रहरीको टोलीले तस्करीमा संलग्नहरूलाई न त रोक्न सक्यो न त भागेको ती स्कर्पियोकै पहिचान गर्न सक्यो ।

केही समय अघिसम्म सप्तरीको कोशी ब्यारेज हुँदै कोशी नदीमा डुंगाको सहायतामा तस्करहरू गाँजा भारत तर्फ तस्करी गर्ने गरेका थिए । तर पछिल्लो समय सप्तरीका पश्चिमी नाकाहरू गाँजा तस्करहरूका लागि सहज बाटो बनेको छ । प्रहरीले ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिए पनि ल्याउने र भारत तर्फ तस्करी गर्ने क्रम भने रोकिएको छैन ।

सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार पटक पटक पक्राउ गरिँदै आएको गाँजा पूर्वी पहाडी जिल्लाहरूबाट आउने गरेको छ । प्रहरी स्रोतका अनुसार धनकुटासहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा धनकुटाको साँगुरीगढी गाउँपालिकामा भण्डारण गरी राख्ने र त्यहाँबाट स्कर्पियोसहितका ठूला सवारीसाधनमा राखेर सप्तरीसम्म पुर्‍याएर पश्चिमी नाकाका बस्तीहरूमा भण्डारण गरी भारत तर्फ तस्करी हुने गरेको छ ।

पटक पटक ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिने सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा भन्छन्,‘अहिलेसम्मको अनुसन्धानबाट पूर्वी पहाडी जिल्लाहरूबाट गाँजा सप्तरी ल्याएको देखियो,जुन हामीले नियन्त्रणमा लिएका छौं ।’

यसअघि सप्तरी प्रहरीले १७ सय १७ किलो गाँजा नियन्त्रणमा लिँदा पक्राउ गरिएको टिपरका चालक धनकुटाको सागुरीगढी गाउँपालिकाका थिए । पछिल्लो पटक शनिबार बिहान बरामद गाँजा पनि धनकुटाबाटै आएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

धनकुटाको साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्,‘हाम्रो पालिकातिर गाँजाको खेती नै हुने गरेको मेरो जानकारीमा छैन तर अन्य जिल्लाबाट लगिँदा साँगुरीगढी पालिकाको बाटो चाहिँ प्रयोग हुन सक्छ ।’

धनकुटाका एसपी श्यामसिंह चौधरीले धनकुटामा यसअघि नै ठूलो परिमाणमा गाँजाको बोट नष्ट गरिएको र तयारी गाँजा पनि नियन्त्रणमा लिएको दाबी गरे । ‘हामी पनि धेरै ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिइरहेका छौं, बोट पनि नष्ट गरिरहेका छौ,’ एसपी चौधरीले भने,‘साँगुरीगढी गाउँपालिकाका केही भागमा गाँजा उत्पादन हुने गरेको छ ।’ उनले भोजपुर क्षेत्रबाट गाँजा आउने गरेको दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरबिन्द साहले भोजपुर प्रहरीले पनि बेर्नाकै बेला गाँजा नष्ट गरेको दाबी गरे । उनले भने,‘कार्तिकदेखि पुससम्म बेर्ना र लगाएको गाँजाको बोट नै हामीले नष्ट गर्‍यौं, अब जंगलतिर आफैं उम्रेको ठाउँहरू रहेको सुनिरहेको छु,त्यहाँ पनि नष्ट गर्ने छौं ।’

पहाडी जिल्लाका प्रहरी प्रमुखहरूले गाँजा नष्ट गरिरहेको दाबी गरिरहेपनि ती जिल्लाहरूबाटै ठूलो परिमाणमा गाँजा सप्तरी हुँदै भारत तर्फ तस्करी हुने गरेको तथ्य पटक पटक पक्राउ गरिएको गाँजाको अनुसन्धानले देखाएको छ । साभार : इकान्तिपुर


प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्