Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • पर्साका स्थानीय तहमा आर्थिक अनुशासन कमजोर
पर्साका स्थानीय तहमा आर्थिक अनुशासन कमजोर
Terai Report
Terai Report सोमबार, चैत २३, २०८२

वीरगञ्ज । पर्सा जिल्लाका स्थानीय तहहरूमा आर्थिक अनुशासन कमजोर बन्दै गएको पाइएको छ। गत आर्थिक वर्षमा जिल्लाका १४ वटा पालिकामा मात्रै कुल १३ अर्ब ४४ करोड ७६ लाख रुपैयाँ बराबरको बेरुजू फेला परेको छ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको लापरवाही, समयमै लेखापरीक्षण नगर्नु, योजनाहरू पारदर्शी रूपमा कार्यान्वयन नगर्नु, आवश्यक कागजी प्रक्रिया पूरा नगरी भुक्तानी गर्नु तथा नियमनकारी निकायको प्रभावकारी अनुगमन अभावजस्ता कारणले बेरुजू उच्च देखिएको हो।

कोष तथा लेखा नियन्त्रकको कार्यालय, पर्साका अनुसार विशेषगरी विकास निर्माण योजनामा लागत अनुमानभन्दा फरक खर्च देखिनु, उपभोक्ता समितिमार्फत गरिएका काममा आवश्यक कागजात नपुग्नु तथा खरिद प्रक्रियामा नियम उल्लङ्घन हुनु बेरुजूका प्रमुख कारण हुन्।

सरोकारवालाहरूले स्थानीय तहमा पारदर्शिता र जबाफदेहिता बढाउन कडा अनुगमन, नियमित लेखापरीक्षण तथा जिम्मेवार व्यक्तिमाथि कारबाही नभएसम्म बेरुजू बढ्ने क्रम रोक्न कठिन हुने बताएका छन् ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ का लागि पर्साका १४  पालिकाको लेखापरीक्षण प्रतिवेदन २०८२ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेरुजू वीरगंज महानगरपालिकामा देखिएको छ ।

तथ्याङ्क अनुसार वीरगंज महानगरपालिकामा ३ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ बेरुजू रहेको छ । यस्तै, धोबिनी गाउँपालिकामा २९ करोड ६४ लाख सात हजार, पोखरिया नगरपालिकामा ५३ करोड ५४ लाख ९० हजार, बहुदरमाई नगरपालिकामा ४० करोड सात लाख ९१ हजार, पर्सागढी नगरपालिकामा ३० करोड ९६ लाख ६५ हजार, ठोरी गाउँपालिकामा २९ करोड ४० लाख ५६ हजार, जगरनाथपुर गाउँपालिकामा पाँच करोड ३१ लाख छ हजार, छिपहरमाई गाउँपालिकामा ३४ करोड ५२ लाख ७ हजार, पकहामैनपुर गाउँपालिकामा २० करोड ३९ लाख १४ हजार, विन्ध्यवासिनी गाउँपालिकामा २४ करोड १२ लाख ५६ हजार, सखुवाप्रसौनी गाउँपालिकामा ३८ करोड ५९ लाख ७० हजार, पटेर्वासुगौली गाउँपालिकामा २६ करोड ३१ लाख १३ हजार तथा जीराभवानी गाउँपालिकामा ४० करोड ५१ लाख ३८ हजार रुपैयाँ बेरुजू रहेको उल्लेख गरिएको छ ।

बेरुजू रकम बढ्नु स्थानीय तहका लागि गम्भीर चेतावनी सङ्केत भएको सरोकारवालाहरू बताउँछन् । यसले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा विकास, सेवा प्रवाह र जनविश्वासमा असर पार्ने देखिएको छ ।

वीरगंज महानगरपालिकाका आन्तरिक लेखापरीक्षक हरिशङ्करप्रसाद कुर्मीले बेरुजू बढ्नु केवल हिसाबकिताबको समस्या मात्र नभई सुशासन, विकास र जनविश्वाससँग जोडिएको विषय भएको बताउनुभयो ।

वीरगंज महानगरपालिकाकामा उच्च बेरुजूका कारण विकास कार्यमा अवरोध, जनविश्वासमा कमी, आर्थिक अनुशासन कमजोर हुनु, सेवा प्रवाहमा असर पर्नु, कारबाही तथा कानूनी जोखिम बढ्नुजस्ता समस्या देखिएको बताउनुभयो । साथै, उच्च बेरुजू भएका स्थानीय तहले केन्द्र वा प्रदेशबाट आगामी बजेट प्राप्त गर्न कठिनाइ भोगी रहेको समेत जानकारी दिनुभयो ।  साभार : रेडियो नेपाल


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन आइतबार, जेठ १०, २०८३
साढे सात खर्ब नाघ्यो बेरुजु
साढे सात खर्ब नाघ्यो बेरुजु शनिबार, जेठ २, २०८३
आर्थिक वृद्धिदर औसत सात प्रतिशत
आर्थिक वृद्धिदर औसत सात प्रतिशत मंगलबार, वैशाख २९, २०८३
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन आइतबार, वैशाख २७, २०८३
राजमार्गमा सवारी कर नउठाउन आदेश
राजमार्गमा सवारी कर नउठाउन आदेश शनिबार, वैशाख १२, २०८३
वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन
वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन शनिबार, वैशाख १२, २०८३
तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन बुधबार, वैशाख ९, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्