Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नवलपरासी पश्चिममा विनोद चौधरी गठबन्धनको साझा उम्मेदवार रहेको माओवादी केन्द्र द्धारा स्पष्ट
नवलपरासी पश्चिममा विनोद चौधरी गठबन्धनको साझा उम्मेदवार रहेको माओवादी केन्द्र द्धारा स्पष्ट
Terai Report
Terai Report शनिबार, कात्तिक २६, २०७९

नवलपरासी । नेकपा (माओवादी केन्द्र) ले नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको छ । शनिवार माओवादी केन्द्रले प्रेस बिज्ञप्ति जारी गर्दै चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेकाले उनको बिजय सुनिश्चित गराउन सम्पुर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको छ । बिज्ञप्तिमा माओवादी केन्द्रका पोलिब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजु प्रसाद हरिजन, प्रदेश कमिटी सदस्य सुभान अलि अन्सारी, जिल्ला सचिव धुब्रनाथ पाण्डे र क्षेत्र नम्बर १ का ईञ्चार्ज भिमसेन थापाले हस्ताक्षर गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ– राष्ट्रिय गठबन्धनमा आबद्ध दुवै दल नवलपरासी (बसुप) निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधीसभाका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय विनोद चौधरी नै यस क्षेत्रका गठबन्धनका साझा उम्मेदवार रहेकाले उहाँलाई बिजय गराउन गठबन्धन पूर्ण क्रियाशील रहने निर्णय भएअनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गठबन्धनका उम्मेदवार माननीय विनोद चौधरीलाई बिजय गराउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सक्रियतापूर्वक क्रियाशील रहन निर्देशन गर्दछ ।’ नवलपरासी पश्चिम क्षेत्र नं १ मा गठबन्धनले प्रतिनिधिसभामा कांग्रेसका विनोद चौधरी, प्रदेश न.१ मा विश्वप्रेम पाठक र प्रदेश २ मा माओवादी केन्द्रका रामानन्द यादवलाई उम्मेदवारी दिएको थियो । यो सहमति विपरित प्रदेश २ मा नेपाली काँग्रेसका देवकरण कलवार (सन्तु)ले उम्मेदवारी दर्ता गरेपछि गठबन्धनमा असमझदारी देखिएको थियो ।

प्रदेशमा सहमति पालना नभएपछि माओवादी केन्द्रकी नेतृ सीता वौडेलले प्रतिनिधिसभा उम्मेदवारी दिएकी थिइन् । पछि गठबन्धनको निर्णय अनुसार वौडेलले आफ्नो उम्मेदवारी निष्किय बनाएकी छिन् । बिज्ञप्तिमा प्रदेश नम्बर २ मा गठबन्धनको उम्मेदवारका बारेमा के हुने भन्ने बिषयमा खुलाइएको छैन । बुझिए अनुसार प्रदेशमा केही असझदारी कायमै रहेपनि प्रतिनिधिसभाका उम्मेदवार चौधरीलाई समर्थन गर्ने बिषयमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ ।

काँग्रेस र माओवादी बीचको यो सहमतिले चौधरीलाई चुनावी प्रतिष्पर्धामा सहज हुने देखिएको छ । बिज्ञप्तिमा भनिएको छ – लोकतन्त्रको रक्षा र प्रतिगमनकारी शक्तिहरुलाई परास्त गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी(बसुप) क्षेत्र नम्बर १ मा पूर्ण प्रतिबद्ध रहेको छ । यस सम्वन्धमा प्रतिगमनकारी शक्तिहरूले फैलाउन सक्ने कुनै पनि भ्रममा नपर्नुहुन र प्रतिगमनकारी शक्तिलाई परास्तगर्नका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहुन यस निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछ ।’


प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनियारीमा गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुभारम्भ, पूर्व मन्त्री यादवले गरे उद्घाटन
मनियारीमा गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुभारम्भ, पूर्व मन्त्री यादवले गरे उद्घाटन शनिबार, जेठ १६, २०८३
तापक्रममा नयाँ रेकर्डको चेतावनी
तापक्रममा नयाँ रेकर्डको चेतावनी बिहीबार, जेठ १४, २०८३
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
लोकप्रीय
  • Week
  • Month
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्