Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
विचार/ब्लग
  • Home
  • विचार/ब्लग
  • बाबुरामलाई खुलापत्र स् कमरेड तपाईंका सुरक्षा निम्ति बोकेका बन्दुक तपाईंतिरै पड्किन सक्छन्
बाबुरामलाई खुलापत्र स् कमरेड तपाईंका सुरक्षा निम्ति बोकेका बन्दुक तपाईंतिरै पड्किन सक्छन्
Terai Report
Terai Report शनिबार, चैत ५, २०७८

तपाईंजस्तो एउटा व्यक्तिगत स्वार्थ पूरा गर्नका निमित्त हजारौंको बलिदानी, लाखौंको समर्पण, करोडौंको संर्घषलाई लात मारेर पार्टी बदल्दै हिँड्ने राजनीतिमा तपाईंले गरेकोजस्तो ‘व्यस्यावृत्ति’ चरित्र हामी लडाकुले गरेका छैनौं।
आदरणीय कमरेड बाबुराम भट्टराईज्यू,

क्रान्तिकारी अभिवादन।

अहिलेसम्म त शरीरभरि गोली बोकेर भौतिकरूपमा जेजेस्तो संर्घष गर्नु परे पनि वैचारिकरूपमा एकदमै आरामै रहेको खबर अवगत गराउन चाहन्छु। त्यहाँ तपाईंलाई पनि वैचारिकरुपमा सकिएको खबर पाए पनि भौतिकरुपमा आरामै रहोस् भन्ने कामना गर्छु। किनकि म पूर्वजनमुक्ति सेनाको एक लडाकु हुँ।

आदरणीय कमरेड, विशेष पत्र लेख्ने हामी लडाकुको निम्ति नवीन खबर त केही छैन। तैपनि शान्ति प्रक्रियापछि लामो समयको अन्तरालपछि तपाईंसँग वैचारिक भेट गर्ने जमर्को गरिरहेकी छु।

तपाईंले आज सामाजिक सञ्जालमा प्रकाश सपुतले गाएको ‘पीर’ गीतको संश्लेषण गरी यो कुरा सत्य हो भन्ने विश्लेषण गरेर जुन स्टाट्स लेख्नु भएको रहेछ। मैले त्यो स्टाट्स पढेँ। मलाई सारै पीर लाग्यो अनि मन खिन्न बनायो, त्यसैले म तपाईंलाई प्रश्न गर्न चाहन्छु। कमरेड आज तपाईं कहाँ हुनुहुन्छरु के गर्दै हुनुहु्न्छरु तपाईंलाई थोरै पनि लाज लाग्न छाडेको होरु छाडेको हो भने पनि हाम्रो लागि भए सानो रुमालले लाज छोपेर हिँड्ने गर्नुहोस् कमरेड। किनकि हामी लडाकु हुनुको नाताले इमान्दारिताका साथ प्रतिष्ठा जोगाइराख्न चाहन्छौं।

तपाईंजस्तो एउटा व्यक्तिगत स्वार्थ पूरा गर्नका निमित्त हजारौंको बलिदानी, लाखौंको समर्पण, करोडौंको संर्घषलाई लात मारेर पार्टी बदल्दै हिँड्ने राजनीतिमा तपाईंले गरेकोजस्तो ‘व्यस्यावृत्ति’ चरित्र हामी लडाकुले गरेका छैनौं, यो कुरामा ध्यानाकर्षण गर्न चाहन्छु।

आदरणीय कमरेड जुन जनयुद्धमा मिठा सपना तपाईंले पनि बाँड्नुभएको थियो, ती सपनाहरु कसरी भुल्न सक्नुभयोरु तपाईंले लड्नुपर्ने अग्रिम मोर्चामा हामी लडिदिएका थियौं, तपाईंले खानुपर्ने गोली हामीले थापिदिएका थियौं, र त आज तपाईं कुर्सीका लागि दौडिरहनुभएको छ।

आदरणीय कमरेड,

आज तपाईं आफूले गरेको आन्दोलन र भएका परिवर्तनमा पश्चताप गरिरहुनुभएको छ। जुन कुरा हामीले देखिराखेका छौं। हिजोका ती भयानक चुनौती पार गरी लडेर ल्याएको व्यवस्थामाथि तपाईंको औंला उठिरहेको छ। तपाईँ पछुतोको आगोमा जलिरहनुभएको छ। तर, हामीलाई जो गरेको दुस्ख र संर्घषमा एउटा पनि पछुतो छैन।

हामीले गरेको दुस्ख कष्टबाट हाम्रो देशको व्यवस्था परिवर्तन भएको छ, हामी गर्व गर्छौ। भलै हाम्रो जीवनस्तर परिवर्तन भएको छैन, तैपनि हामी खुसी छौं र गलत प्रवृतिविरुद्ध लडिरहेका छौं। मागेर खाएका छौं। पार्टीभित्रबाट भागेर गएका छैनौं, पसिना बेचेर खाएका छौं, ‘इमेज’ बेचेर खाएका छैनौं।

आदरणीय कमरेड,

तपाईंलाई जनमुक्ति सेनाप्रतिको थोरै भए पनि माया अर्थात् दया थियो भने नेपाल सरकारको अर्थमन्त्री, प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नुभएको थियो। तर, हामी लडाकुका निम्ति तपाईंले गरेको एकमात्रै काम के होरु आज के बोल्दै हुनुहुन्छ, तपाईं आफैँलाई थाहा छ निरु

लडाकु महिलाले दुःखका दिन काट्नु, संर्घष गर्नु, विदेशिनु यो दोष प्रचण्डको मात्रै होरु यो जिम्मा तपाईंले लिनु पर्दैनरु पर्दैन भने कसरी पर्दैन स्पष्टीकरण चाहिन्छ। प्रचण्ड पछाडिको लिडर हुनुको हैसियतले यो जिम्मा प्रचण्ड र तपाईंले बराबर लिनुपर्छ। तपाईंको व्यक्तिगत स्वार्थ पूरा नभएपछि पार्टी छोड्दैमा युद्धका समस्याबाट तपाईंलाई उम्कने सुविधा छैन। जनयुद्धकालका हरेक राम्रो र नराम्रो कामको हिस्सेदार तपाईं पनि हो।

आदरणीय कमरेड,

तपाईंले हामीलाई दिएको आदर्शमय विचारको पागल भएर हामीले कठिन दिनहरु बिताउनुपरे पनि बाटो भुलेका छैनौं। तर, तपाईं सुविधा खोज्दै ऐस(आरामको जीवन विताउने रहरमा आफ्नो वर्गलाई भुलेर सयौं कार्यकर्ताहरुको जीवनमा तुसारापात गरी आलिसान महल खोज्दै हिँड्नु भएको छ नि, त्यसको मूल्य महँगो हुनेछ।

पार्टी बदल्दैमा तपाईंले दिएको धोकालाई हामी छापामारहरुले सजिलै माफ गर्ने छैनौं। गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै हिँड्ने छुट तपाईंलाई छैन र हामी छोड्दैनौं पनि। हिजो तपाईंका सुरक्षा निम्ति बोकेका बन्दुक तपाईंतिर पड्किन सक्छन्, हामी मरेर बाँचेकालाई मर्न डर छैन कमरेड ध्यान दिनुहोला। मानवीय बम बनेर तपाईंकै अगाडि पड्किदा तपाईंलाई थाहा नहुन सक्छ, तपाईंले नै सिकाएको युद्धकला हामीसँग भरपुर मात्रामा छ, हामीमाथि आइपरे जाइलाग्न पछि हट्ने छैनौं, हेक्का रहोस्।

हाम्रो त्यो महान् इतिहासलाई अर्थहीन ढंगले प्रस्तुत गर्ने कोसिस कसैले गर्छ भने हामीले रगतले लेखेको इतिहासलाई बचाइराख्न जतिसुकै महँगो मूल्य चुकाउन हामी तयार रहेको खबर तपाईंलाई अवगत गराउन चाहन्छु कमरेड।

परिवर्तनको यो युगमा पुगिसक्दा पनि महिलाहरुले गर्नसक्ने काम जति पनि भएकाले र जस्तोसुकै काम गरेर खानसक्ने महिलाको क्षमता हुँदाहुँदै पनि शरीर बेचेरमात्रै खाना सक्छन् भन्ने तपाईंको बुझाइप्रति मेरो घोर विरोध छ। त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु। नयाँ समाजको निर्माण गर्ने महान् उदेद्श्यलाई भुलेर कम्युनिस्ट शब्दलाई उचारण गर्न नसक्ने बाटोमा हिँड्नुभएका नेतालाई योभन्दा धेरै लामो पत्र लेख्न चाहन्न, किनकि मेरो पत्रले तपाईंको मनमा प्राथमिकता पाउँदैन, त्यो पनि मलाई थाहा छ।

तसर्थ जनयुद्धले सबै क्षेत्रमा पुरातनविरुद्ध नविनताको उद्घाटन र स्थापन गर्दै अगाडि बढिरहेको छ भन्ने कुराको आशा एवं विश्वासका फूलहरु फूलाउँदै दौडिरहेका कलम यही विश्राम गर्ने अनुमति माग्दै विदा हुन्छु। अभिवादन।

उही पूर्वलडाकु छापामार

राममाया हमाल ९क। रमिता घाइते०

कर्णाली प्रदेश जाजरकोट नलगाड नगरपालिका दल्ली


प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  २२:०८
प्रतिक्रिया दिनुहोस्
20 20
थप विचार/ब्लग
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका आइतबार, जेठ २६, २०८२
महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः सांसद सापकोटा
महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः सांसद सापकोटा सोमबार, फागुन २६, २०८१
समानुपातिक प्रतिनिधिको योग्यता
समानुपातिक प्रतिनिधिको योग्यता सोमबार, भदौ १८, २०८०
वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : नगरप्रमुख सिंह (भिडियो सहित)
वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : नगरप्रमुख सिंह (भिडियो सहित) आइतबार, जेठ २९, २०७९
मतदातालाई वितृष्णा जगाउने काम नगर्नुस्
मतदातालाई वितृष्णा जगाउने काम नगर्नुस् शनिबार, चैत ५, २०७८
महिला लक्षित कार्यक्रमले महिलाको मात्र उत्थान हुन्छ भन्ने सोचमा परिवर्तन आउनुपर्छ
महिला लक्षित कार्यक्रमले महिलाको मात्र उत्थान हुन्छ भन्ने सोचमा परिवर्तन आउनुपर्छ शनिबार, चैत ५, २०७८
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्