Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • चीनले अनुदानमा दिएको एक अर्ब ५६ करोडको कोभिड खोप नष्ट गर्न महाभारत
चीनले अनुदानमा दिएको एक अर्ब ५६ करोडको कोभिड खोप नष्ट गर्न महाभारत
Terai Report
Terai Report शुक्रबार, चैत ८, २०८१

काठमाडौँ । चीनले अनुदानमा दिएको डेढ अर्ब रुपैयाँ बराबरको ४० लाख ‘डोज’ कोभिड खोपको म्याद सकिएको १५ महिना बिते पनि सरकारले अझै नष्ट गर्न सकेको छैन । ती खोप अहिले राजधानीको टेकुस्थित केन्द्रीय खोप भण्डारमै राखिएको छ । चीनको सिनोभ्याक कम्पनीको भेरोसिल खोप २०७८ चैत १२ र १४ मा नेपाल ल्याइएको थियो । ती खोपको म्याद २०८० मंसिर र पुसमा सकिएको हो ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन २०८१ अनुसार उक्त खोपको मूल्य १ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ रहेको छ । कोभिडका बेला ल्याइएको १९ हजार ४ सय ८० ‘डोज’ भिसिल्ड खोपको पनि म्याद सकिसकेको छ । यी खोप पनि टेकुको खोप भण्डारमै राखिएको छ । थप १ लाख १८ हजार मात्रा फाइजर खोपको म्याद आगामी सेप्टेम्बरमा सकिँदै छ । फाइजर खोप भने प्रदेशको ‘कोल्ड चेन’ र केही ठूला अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । 

म्याद सकिएका ती खोप नष्ट गर्न आवश्यक प्रक्रियासमेत सरकारले अघि बढाएको छैन । यसबारे स्वास्थ्य सेवा विभागले रिपोर्ट बुझानुपर्ने भए पनि अझै बुझाएको छैन । ‘खोपलगायत अन्य वस्तु नष्ट गर्न केही कानुनी प्रक्रिया अपनाउनुपर्छ,’ प्रवक्ता बुढाथोकी भन्छन्, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को दफा ११० मा व्यवस्था भएअनुसार कार्यालयले प्रचलित कानुनबमोजिम आफ्नो कब्जामा लिएको वा मौज्दातमा रहेको सामानको उपभोग मिति समाप्त भएमा वा अन्य कुनै कारणबाट उपभोग गर्न नहुने प्रमाणित भएमा समिति गठन गरी समितिको मुचुल्काबाट त्यस्तो सामान पुनः प्रयोग गर्न नसकिने ठहरसहित सार्वजनिक रूपमा नष्ट गर्नुपर्नेछ । यसरी नष्ट गरेपछि त्यस्तो सामानको लगत कट्टा पनि गर्नुपर्छ ।’

केन्द्रीय विभाग र अन्य केन्द्रीयस्तरका कार्यालयको हकमा सम्बन्धित निकायका प्रमुखले तोकेको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतको संयोजकत्वमा महालेखा नियन्त्रक कार्यालयले तोकेको अधिकृतस्तरको एक प्रतिनिधि र सम्पत्ति तथा जिन्सी सामानबारे जानकार सरकारी निकायका एक विज्ञ कर्मचारीलाई समितिमा राख्नुपर्ने प्रावधान छ । तर स्वास्थ्य सेवा विभागले म्याद सकिएका खोप नष्ट गर्न समितिसमेत गठन गर्न सकेको छैन ।

विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझी समिति गठन गर्न महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गर्ने तयारी भइरहेको बताउँछन् । ‘जिन्सी निरीक्षण समितिले भण्डारमा रहेको नष्ट गर्नुपर्ने सामग्रीको अभिलेख तयार पारिसकेको छ,’ उनी भन्छन्, ‘ठूलो मात्रामा भ्याक्सिन भएकाले नष्ट गर्ने विकल्पबारे छलफल भइरहेको छ ।’ 

म्याद गुज्रेको लामो समय बितिसक्दा पनि खोप नष्ट गर्न नसक्नुका विभिन्न कारणमध्ये नेपालमा एकै पटक ठूलो मात्रामा खोप नष्ट गर्ने छुट्टै प्रविधि नहुनु मुख्य हो । मन्त्रालयका अनुसार कोभिडका बेला ल्याइएको भेरोसिल, कोभिसिल्ड, फाइजर र मोर्डना गरेर करिब ५७ हजार खोप खेर गइसकेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०८१ अनुसार आर्थिक वर्ष २०७९/८० मा बीसीजी, डीपीटी, दादुरा, पोलियो, जेई, टीडी खोपको ४४ लाख ९५ हजार एक सय ९२ ‘डोज’ खेर गएको छ । ती खोपको मूल्य २ अर्ब २३ करोड ८ लाख २१ हजार रुपैयाँ बराबर रहेको छ ।

मन्त्रालयका अनुसार केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पुग्दा खोप थोरै मात्र हुन्छन् । स्थानीय तहमा खेर गएको खोप खाल्डोमा पुर्ने, ढलमा बगाउने र अस्पतालमा अटोक्लेभजस्ता मेसिनबाट नष्ट गरिँदै आएको छ । तर, अहिले म्याद गुज्रेका कोभिडका खोप एकै ठाउँमा ठूलो मात्रामा रहेकाले जथाभावी नष्ट गरेमा वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्न सक्ने भएकाले जटिल अवस्था सिर्जना भएको हो । 

विज्ञहरूका अनुसार म्याद गुज्रेको खोप नष्ट गर्ने उत्तम विकल्प स्थल सिमेन्ट कारखाना हो । खोप विज्ञ डा. श्यामराज उप्रेतीका अनुसार सन् २००९ मा एकै ठाउँमा ठूलो परिमाणमा रहेको हेपाटाइटिस बी, टिटानसजस्ता रोगविरुद्ध लगाइने ४० लाख मात्रा पेन्टाभ्यालेन्ट भ्याक्सिन म्याद गुज्रेकाले सिमेन्ट कारखानामै नष्ट गरिएको थियो ।

अहिले म्याद गुज्रेका खोप मन्त्रालयले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगमा नष्ट गर्न चाहेको थियो । तर प्रक्रिया भने अगाडि बढाउन सकेन । पछि हेटौंडा सिमेन्ट कारखाना २०७९ फागुनमा बन्द भयो । पछिल्लो समय म्याद गुज्रेको खोप नष्ट गर्न निजी सिमेन्ट व्यवसायीले मानेका छैनन् । खोप जलाउँदा कारखाना वरिपरिका स्थानीयवासीले विरोध जनाउनेलगायत कारणले नष्ट नगर्ने निष्कर्षमा पुगेको व्यवसायीको भनाइ छ । 

  • २०८० मंसिर र पुसमा म्याद सकिएको सिनोभ्याक कम्पनीको भेरोसेल खोप ४० लाख ‘डोज’
  • १९ हजार ४८० ‘डोज’ भिसिल्ड खोपको पनि म्याद सकियो
  • १ लाख १८ हजार ‘डोज’ फाइजर खोपको म्याद सेप्टेम्बरमा सकिँदै

‘जलाएपछि कारखाना वरिपरिका स्थानीयले विरोध जनाउने भएकाले खोप नष्ट नगर्ने निर्णयमा व्यवसायी पुगेका छन्,’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारू भन्छन् । निजी सिमेन्ट व्यवसायीले जिम्मा नलिएपछि म्याद गुज्रेको खोप नष्ट गर्नेबारे अन्योल सिर्जना भएको छ । तर, उद्योगी पशुपति मुर्राकाका अनुसार स्वास्थ्य मन्त्रालयबाट खोप नष्ट गरीदिनका लागि हालसम्म औपचारिक प्रस्ताव नै आएको छैन । औपचारिक प्रस्ताव आएमा ‘सेकेन्डरी फायरिङ’ प्रणाली भएका उद्योगमा नष्ट गर्न सकिन्छ । त्यसो गर्दा जनस्वास्थ्यमा भने कुनै असर पुग्दैन भनेर स्वास्थ्य मन्त्रालयले सबै सरोकारवालाहरू आश्वस्त पार्नुपर्छ । ‘मिल्छ भने नष्ट गर्न दिएर सहयोग गर्नुपर्छ । त्यसका लागि मन्त्रालयले सबै कुरा क्लियर गर्नुपर्‍यो,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार भेरोसिल खोप पहिलो र दोस्रो मात्रा लगाउनु उपयुक्त मानिएको थियो । ‘तर भेरोसिल खोप नेपाल आउन ढिला भयो, आइपुग्दा प्रायःले पहिलो र दोस्रो डोज लगाइसकेका थिए,’ डा. बुढाथोकी भन्छन्, ‘कोभिडको खोप नष्ट गर्नु नयाँ अभ्यास भएको र एकै पटक धेरै मात्रामा नष्ट गर्नुपर्ने भएकाले अन्य देशले कसरी गरे भन्ने अध्ययनमै बढी समय बितेकाले ढिलाइ भएको हो ।’

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख रायमाझीका अनुसार हेटौंडा सिमेन्ट कारखाना बन्द छ भने निजी सिमेन्ट व्यवसायीले नष्ट गर्न नमान्दा समस्या भइरहेको हो । ‘संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य सरोकारवाला निकायसँगको छलफलमा बंगलादेशमा इन्सिनेटरमार्फत र अफगानिस्तानमा खाल्डोमा पुरेर नष्ट गरेको पाइयो,’ उनी भन्छन्, ‘म्याद गुज्रेको खोप परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर चीन फर्काउन खोज्दा पनि नष्ट गर्न ढिलाइ भएको हो ।’

उनका अनुसार उपत्यकामा एउटा निजी क्षेत्रको इन्सिनेटर रहेको कुरा सुन्नमा आएको छ । ‘त्यही नष्ट गर्नेबारेमा पनि छलफल भइरहेको छ,’ उनी भन्छन् ।

खोप विज्ञ डा. श्यामराज उप्रेतीका अनुसार कोभिड खोप जीवित भाइरस नभई मृत भाइरसबाट बनेको हुन्छ । ‘मृत भाइरस भनेर जथाभावी नष्ट गर्न हुँदैन । भ्याक्सिनलाई लामो समयसम्म टिकाइराख्न त्यसमा मर्करी र अन्य केमिकल प्रयोग गरेको हुन्छ,’ उनले भने, ‘जथाभावी नष्ट गर्दा तत्काल तथा दीर्घकालीन स्वास्थ्यमा असर गर्न सक्छ ।’

उनले खोप नष्ट गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउन जरुरी रहेको बताए । ‘खोपलाई उच्च १२ सय डिग्री तापक्रममा विसर्जन गर्दा भाइरस नष्ट हुन्छ । यसका लागि सिमेन्ट कारखाना उत्तम विकल्प हो । इँटाभट्टा खुला हुने भएकाले स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ,’ उनले भने, ‘मापदण्ड पुर्‍याएर चाँडोभन्दा चाँडो नष्ट गरियोस् ।’

म्याद गुज्रेको खोप समयमा नष्ट नगरेमा गलत प्रयोग हुन सक्ने खतरा पनि रहेको खोप विज्ञ डा. उप्रेती बताउँछन् । भन्छन्, ‘भण्डार क्षमता सीमित रहेकाले यसले नियमित खोप भण्डारमा समस्या आई समयमा चलाउनुपर्ने खोप अभियानसमेत प्रभावित हुन सक्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार म्याद सकिएको उक्त खोपको तौल २७ हजार किलोग्राम र आकार १०० क्युविक मिटर रहेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले एकै पटक ठूलो मात्रामा खोप खेर गएको पहिलो पटक भएको र यसलाई सही तरिकाले चाँडै नै नष्ट गर्नुपर्ने बताए । साभार : इकान्तिपुर


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्