Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ५ वर्षमा १० हजार सैनिक र प्रहरीले जागिर छाडे
५ वर्षमा १० हजार सैनिक र प्रहरीले जागिर छाडे
Terai Report
Terai Report शुक्रबार, पुस १२, २०८१
  • उमेर पुगेर अनिवार्य अवकाश पाउनेभन्दा राजीनामा दिनेको संख्या दोब्बर, आर्थिक अभाव नै प्रमुख कारण, तल्लो तहका जागिर छाड्नेहरू प्रायः वैदेशिक रोजगारीमा

काठमाडौँ । बुटवलका कुमार पौडेल २०६७ मा नेपाल प्रहरीमा जवानमा भर्ती भएका थिए । बीचमा बढुवा भएर सहायक हवल्दार भए । तर सेवा प्रवेशको १२ वर्षमै प्रहरीबाट राजीनामा दिएर बिदेसिए । अहिले उनी वैदेशिक रोजगारीका क्रममा पोर्चुगलमा छन् । ‘प्रहरीको जागिरले परिवार चलाउन गाह्रो भयो । बचत त गर्नै नसकिने भयो,’ ३१ वर्षीय पौडेलले भने, ‘पोर्चुगलमा दुई घण्टा काम गर्दा नेपालमा आठ घण्टा काम गरे बराबर पारिश्रमिक हुन्छ ।’

२०७२ मा नेपाली सेनाको सिपाही बनेका चितवनका विजय घिमिरेले ६ वर्षमै राजीनामा दिए । ‘शारीरिक रूपमा सक्षम हुनुपथ्र्यो, रासन भत्ताले मात्र डाइट पुग्दैनथ्यो । १८ महिनामा दुई जोर कपडा र बुट मात्र पाइन्थ्यो । तलब बचत गर्न गाह्रो भएपछि जागिर छोडें,’ उनले भने ।

राजीनामा दिने बेला उनको तलब २४ हजार रुपैयाँ थियो । घिमिरे अहिले संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा सीसीटीभी क्यामेरा अपरेटर र सेक्युरिटी गार्डका रूपमा कार्यरत छन् । नियमित रूपमा घरमा पैसा पठाइरहन पाएकामा अहिले आफू खुसी रहेको उनले सुनाए ।

पौडेल र घिमिरेले जस्तै पछिल्लो पाँच वर्षमा मात्रै सेना, प्रहरी र सशस्त्र प्रहरीका १० हजारभन्दा बढीले जागिर छाडेका छन् । यो संख्या यही अवधिमा अनिवार्य अवकाशमा जानेको संख्याभन्दा करिब दोब्बर हो । जागिर छाड्नेको संख्या सबैभन्दा बढी नेपाल प्रहरीमा छ ।

एक जना जवानलाई भर्नादेखि तालिम सकेर फिल्डमा खटाउँदासम्म राज्यले ५ देखि ८ लाख रुपैयाँसम्म खर्च गर्छ । तर तालिम लिएर अनुभवी भएपछि सेवामा खट्नुपर्ने जनशक्तिले बीचमै जागिर छाड्दा राज्यलाई घाटा छ । यसरी जागिर छाड्ने लहर रोक्न सरकारबाट प्रभावकारी पहल भएको छैन । हालै मात्र प्रहरी र सशस्त्रका तल्लो तहका कर्मचारीलाई केही राहत हुने गरी कानुन संशोधन गर्ने तयारी गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/२०८१ सम्म ४ हजार ७ सय ३ जनाले जागिर छाडेका छन् । यस अवधिमा अनिवार्य अवकाश हुनेको संख्या २ हजार ४ सय ६७ छ । चालु आर्थिक वर्षमा कात्तिकसम्म ५ सय ९ जनाले नेपाल प्रहरीको जागिर छाडे, अनिवार्य अवकाश भने २ सय ४८ जनाले पाए ।

सशस्त्र प्रहरी बलमा राजीनामा दिने र अनिवार्य अवकाश रोज्नेको अन्तर ५ वर्षमा झन्डै ११ गुणा देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷२०८१ सम्म २ हजार ८ सय १५ जनाले जागिर छाड्दा अनिवार्य अवकाश हुनेको संख्या २ सय २६ जना थियो । चालु आर्थिक वर्ष सुरु भएपछि हालसम्म ४ सय ४९ जनाले राजीनामा दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार यस अवधिमा २५ जनाले अनिवार्य अवकाश लिएका छन् ।

army-police-27122024013357-1000x0-1735283581.jpg
नेपाली सेनामा २०७६ देखि २०८० सम्ममा २ हजार ६ सय ९७ जनाले राजीनामा दिएका छन् । अनिवार्य अवकाशसहित अन्य कारणले सेनाको जागिर छाड्नेको संख्या भने २ हजार ५ सय ६३ छ ।

११ वर्षमा ७ हजार ९ सय ४२ जनाले निवृत्तभरण नपाउने गरी सेनाको जागिरबाट राजीनामा दिएको तथ्यांक छ । त्यही समयमा अनिवार्य अवकाशसहित विविध कारणले नेपाली सेना छाड्ने संख्या भने ६ हजार ५ सय ९७ छ । ५ वर्षको अवधिमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गरी १० हजार २ सय १५ जनाले बीचैमा राजीनामा दिएका हुन् । यही अवधिमा अनिवार्य अवकाश हुनेको कुल संख्या ५ हजार २ सय ५६ छ ।

नेपाल प्रहरीमा सबैभन्दा बढी राजीनामा दिनेमा हवल्दार छन् । पाँच वर्षमा १ हजार ९ सय ६४ हवल्दारले राजीनामा दिएका छन् । सहायक निरीक्षकबाट राजीनामा दिनेको संख्या ९ सय ८ छ । राजीनामा दिने अन्यमा प्रहरी जवान ६ सय ९८, नायब निरीक्षक ३ सय १९, वरिष्ठ हवल्दार २ सय ७७, सहायक हवल्दार २ सय २२, कार्यालय सहयोगी २ सय ९, निरीक्षक ४३ र वरिष्ठ नायब निरीक्षक ३६ जना छन् । यस्तै, प्रहरी नायब उपरीक्षक १५, प्रहरी वरिष्ठ उपरीक्षक ६, प्रहरी उपरीक्षक ४ र प्रहरी नायब महानिरीक्षक २ जनाले पनि यही बीचमा राजीनामा दिएका छन् ।

सशस्त्र प्रहरी बलतर्फ सबैभन्दा धेरै १ हजार ३ सय ६५ वरिष्ठ हवल्दारले जागिर बीचैमा छाडेका छन् । त्यस्तै ४ सय ९० जवान र २ सय ३६ प्रहरी नायब निरीक्षकले पछिल्लो ५ वर्षमा राजीनामा दिएका छन् । राजीनामा दिने अन्यमा २ सय ६ सहायक हवल्दार, १ सय ५४ हवल्दार, १ सय ४३ प्रहरी परिचर, २७ निरीक्षक, १३ नायब उपरीक्षक, ११ वरिष्ठ नायब निरीक्षक र ६ प्रहरी उपरीक्षकले राजीनामा दिएका छन् । नेपाली सेनाले भने तहगत विवरण उपलब्ध गराएन ।

अनिवार्य अवकाश र राजीनामासँगै नियुक्ति बदर, सेवाबाट बर्खास्त, अशक्त अवकाश, मृत्युलगायतका कारणले पनि सेवाबाट कतिपय सैनिक, प्रहरी र सशस्त्र प्रहरी अलग हुन्छन् । राजीनामा दिनेको संख्या भने अरूको तुलनामा निकै धेरै छ । नेपाली सेनामा करिब ९६ हजार, नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्र प्रहरीमा करिब ३७ हजार दरबन्दी छ ।

जागिर छाड्नेमा तल्लो तहका प्रहरी, सशस्त्र र सैनिक बढी छन् । उनीहरू प्रायः सबैको एकैखाले गुनासो छ– आर्थिक सुरक्षा । बढ्दो महँगीका बीच प्राप्त हुने तलबले परिवारको गुजारा चलाउनै मुस्किल हुने उनीहरू बताउँछन् । कतिपय भने माथिल्लो तहका अधिकारीबाट हेपाइ सहनुपर्ने, चाहेका बेला सहजै बिदा नपाउने जस्ता कारणले विकल्पमा जान्छन् । ओभरटाइम ड्युटी र कार्यसम्पादन मूल्यांकनमा असन्तुष्टिका कारण राजीनामा दिएर हिँड्नेहरू पनि छन् ।

२०६४ सालमा प्रहरी जवानमा भर्ती भएका चितवनका कृष्ण लामिछानेले बीचैमा जागिर छाड्नुको कारण यस्तै छ । ‘तल्लो तहको जागिरे थिएँ । सिनियरले हेप्थे । आफूलाई आवश्यक पर्दा बिदा पाउन गाह्रो हुन्थ्यो,’ उनले भने । लामिछाने प्रहरी सेवाको जागिर छाडेर विदेश गएका थिए । दुई वर्षपछि फर्किएर उनले काठमाडौं–चितवन रुटमा माइक्रोबस व्यवसाय चलाइरहेका छन् । ‘अहिले खुसी छु । सामाजिक काममा सक्रिय हुन पाएको छु,’ उनले भने ।

प्रहरीको जागिर छाडेर हाल पोर्चुगलमा रहेका कुमार पौडेल राज्यले प्रहरीलाई गरेको बेवास्ताका कारण पनि जागिर छाडेको बताउँछन् । ‘वडाका सामान्य कर्मचारीले पनि बाइक र यातायात सुविधा पाउँछन् तर प्रहरीका लागि कार्यालयमा राम्रो कुर्सीसमेत हुँदैन,’ उनले भने, ‘धेरै ठाउँमा प्रहरीको आफ्नै कार्यालय भवन छैन । एउटा कोठामा २०–२५ जना भेडाबाख्राजसरी सुत्नुपर्छ ।’

खोलाको छेउमा कार्यालय रहेको ठाउँमा जागिर छँदा बर्खामा बाढी आउने डरले धेरै रात निदाउन नसकेको उनले सुनाए । प्रहरीको जागिर राम्रो भए पनि पेसाप्रति सम्मान घट्दै गएको उनले महसुस गरेका छन् । ‘आर्थिक आवश्यकता र थप सम्मानित जीवनको खोजीले पनि मलाई विदेश उड्न प्रेरित ग¥यो,’ पौडेलले भने ।

कुनै सरकार तथ्यांक नभए पनि सेना, प्रहरी र सशस्त्रको तल्लो तहबाट जागिर छाड्नेहरू प्रायः वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । उनीहरू प्रायः दुबई, अफगानिस्तान, इराक, सिंगापुरका विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड र त्यहाँकै प्रहरीमा भर्ती हुने गरेका छन् । कोहीले भने डीभी चिट्ठा परेर जागिर छाड्ने गरेका छन् ।

माथिल्लो तहमा भने प्रायः ‘प्रतिष्ठा’ का कारण राजीनामा दिनेको संख्या बढी देखिन्छ । नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनालको नियुक्तपछि रुष्ट भएका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले २०७४ चैतमा राजीनामा दिएका थिए । खरेल महानिरीक्षकका आकांक्षी थिए ।

त्यसअघि २०७४ असोजमा अर्का डीआईजी नवराज सिलवालले पनि उमेर हद हुँदै राजीनामा दिएका थिए । उनको असन्तुष्टि पनि खरेलकै जस्तो थियो । सिलवाल महानिरीक्षकमा दाबेदार थिए । सरकारले प्रकाश अर्याललाई अघि सारेपछि उनले राजनीमा दिएका हुन् ।

नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी यहाँको कम तलब÷भत्ता, अवकाशपछिको आर्थिक–सामाजिक असुरक्षाको चिन्ताजस्ता कारणले बीचैमा सेवा छाड्नेको संख्या बढेको बताउँछन् । ‘तल्लो तहमा रहेर सेवा गर्दा आउने पारिश्रमिक र पेन्सनले आर्थिक सुनिश्चितता देखिँदैन । त्यसकारण राम्रो अवसर पाउँदा यो पेसा छाड्नु स्वाभाविक नै हो,’ उनले भने, ‘यहाँ तालिम लिएका र सेवा दिएकालाई विदेशमा प्राथमिकता दिइँदो रहेछ ।’

जागिरमा टिकाउन रासन, तलब सुविधासँगै पारिवारिक सुरक्षाको ग्यारेन्टी पनि राज्यले गर्नुपर्ने भण्डारीको धारणा छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी भने कतिपयले बीचैमा राजीनामा दिनुलाई सामान्य प्रक्रिया मान्छन् । ‘राम्रो अवसर पाएपछि मानिस त्यसको पछि जान्छन्,’ उनले भने ।

प्रहरीमा बीचैमा जागिर छाड्नेको संख्या बढ्न थालेपछि त्यसलाई रोक्न आन्तरिक परिपत्र जारी भएको थियो । पत्रमा समस्या पहिचान गरी संगठनमै रहेर काम गर्ने वातावरण बनाउन र अनुभवको प्रमाणपत्र वितरणमा कडाइ गर्न भनिएको थियो तर त्यो प्रभावकारी हुन नसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।

जागिर छाड्ने क्रम बढ्दा संगठन र राज्यलाई ठूलो घाटा पुगेको नेपाली सेनाका पूर्वसहायक रथी सुरेश शर्मा बताउँछन् । ‘एउटा सामान्य व्यक्तिलाई योग्य बनाउन राज्यले ठूलो लगानी र समय खर्च गरेको हुन्छ । संगठन र जिम्मेवारीमा अनुभवी भइसकेको व्यक्तिले जागिर छाड्दा ठूलो असर पर्छ, ऊमाथि राज्यले गरेको लगानी खेर जान्छ,’ शर्माले भने ।

नेपाल प्रहरीमा २०७५ देखि २०८१ भदौ २८ सम्ममा प्रहरी जवान र कार्यालय सहयोगीमा ५ पटक गरेर २० हजार ४ सय २६ जनाका लागि भर्ती खुलाइएको थियो । दरखास्त ३ लाख २३ हजार ६ सय ६३ वटा प¥यो । प्राविधिक समूहतर्फ ३ हजार ३ सय ८२ जना माग हुँदा ४४ हजार १ सय ६१ जनाले आवेदन दिए । जनपद समूहतर्फ २ हजार ७ सय ३५ जना माग भएकामा १ लाख ७ हजार ६ सय ५८ जनाले दरखास्त दिएका थिए ।

सशस्त्र प्रहरी बलतर्फ आर्थिक वर्ष २०७६÷२०७७ देखि अहिलेसम्म सहायक निरीक्षक, जवान, परिचरलगायतमा ८ हजार ३ सय ५४ जनाको माग भएको थियो । त्यसमा १ लाख ८६ हजार ३ सय ९६ जनाले आवेदन दिए । नेपाली सेनातर्फ अधिकृत क्याडेटतर्फ २०७६ देखि १ हजार ५ सय ६७ जना माग भएकामा २९ हजार ९ सय ६९ जनाको आवेदन परेको थियो । सैन्यतर्फ ३५ हजार ३ सय ३५ जना माग भएकामा तीन लाख ७ हजार १९ जनाले दरखास्त दिए । साभार : इकान्तिपुर
 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्